हिमालयन बैंक र राधी विद्युतको बोनस शेयर सूचीकृत
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालयन बैंककोे १ करोड ३ लाख ७४ हजार ९८० दशमलव ५८ कित्ता र राधी विद्युत कम्पनीको ७ लाख ५९ हजार ९९० दशमलव ८४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यी दुवै कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
हिमालयन बैंकले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै राधी विद्युत कम्पनीले पनि पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
Comments