सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँड

माघ २३ गतेदेखि माघ २६ गतेसम्म सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि प्रतिकित्ता रु एक सय अंकित दरमा चार लाख १५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयरको बाँडफाँड शुक्रबार निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदन मध्ये योग्य आवेदक १३ लाख १८ हजार ३ सय २० जनाले आवेदन दिएकोमा १२ लाख ७६ हजार ८ सय २० जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा ४१ हजार ५०० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। हाईड्रोपावरको आइपिओमा १ करोड ४२ लाख ७२ हजार ९ सय ७० कित्ताको लागि कुल रु १.४२७ अर्ब बराबरको योग्य आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

Comments

Back to top