लाल्टिन साप्ताहिक समीक्षा !

गत साता ८८.0७(४.२०%)ले बढेको नेप्सेमा यस साता भने ११२.२०ले गिरावट भएको छ। यस साताको पहिलो कारोबार दिन आइतवार २१८१.२ को बिन्दुमा खुलेको नेप्सेले करिब ५ प्रतिशत गुमाउदा सूचक २०७०.१४को बिन्दुमा पुगी बजारमा बियरिश मारबोजु क्यानडल स्टिक बन्न पुगेको छ। 
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)
यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण


यस साताको क्लोजिंग पनि अपर ब्याण्ड भन्दा करिब  ६० अङ्क तल भएको छ र बजार मिडल ब्याण्ड तर्फ गएको देखिन्छ । बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस साता भने +१९.६९बाट घटेर १७.९९मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ ४१.९६ बाट ३२.२१ मा पुगेको छ जसले बजारमा खरिद चाप घटेको देखाउँछ ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन पनि बढेर -१४.२२मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २३.९३ मा रेहको छ जसले बजारको बुलिश मोमेन्टम नै रहेको जनाउछ तर बिगत केहि हप्ता देखि यहि बिन्दुको आसपास रहेकाले बजार साइडवेज रहेको देखिन्छ। यद्यपि  -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन नजिकिदै गएको छ जसले बजार फेरी बियरिश हुन सक्ने सम्भावना पनि देखाउछ।  आरएसआइ ५९.२२बाट घटेर ५०.९१मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२०  र त्यसपछि १९९० को एरिया हुन्छ र नेप्सेको अवरोध २१८० को एरिया रहेको देखिन्छ।

Comments

Back to top