नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ६८ करोड ४९ लाख !

आज बिहीबार २१.१५ अङ्कले घटेर १.०१% गिरावटका साथ नेप्से परिसूचक २०७०.४१ अंकमा बन्द भएको छ। कारोबार भएका २५६ कम्पनीमध्ये १५ कम्पनी उकालो लागेका छन्, १९७ कम्पनी ओरालो लागेका छन् भने  ४ कम्पनी स्थिर रहेका छ। 

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सानीमा लार्ज क्याप फन्ड रहेको छ, जसको ७.६५% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा युनिलिभर नेपाल  रहेको छ, जसको सेयर मूल्य ५.९१% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी र भोल्यूममा अपि पावरको कारोबार भएको छ।   

Comments

Back to top