सपोर्ट खोज्दै नेप्से !!

२१०५.३मा ओपनिङ्ग भएको नेप्सेमा इन्ट्रा डे हाइ २११७.८ बनेता पनि त्यसपछि आएको सप्लाइलाई बजारले धान्न नसक्दा बजारले २०९०.१२मा क्लोजिङ्ग दिएको छ।  १५.३४ अङ्क बजारले गुमाउदा कारोबार रकम भने १ अर्ब ७३ करोडमा सिमित भएको छ जुन ९ दिनको मुभिङ्ग एवरेज कारोबार रकम (२ अर्ब ४६ करोड) भन्दा  करिब ३० प्रतिशत कम हो।  

आगामी दिनमा फिबोन्याचीको ०.५को बिन्दु निर्णायक बन्न सक्ने देखिन्छ।  ०.५को बिन्दु २०६५को एरियामा पर्दछ र यो एरिया पहिले धेरै चोटी सप्लाई जोनको भूमिका निर्वाह गरेको र अब यसले एउटा डिमाण्ड जोनको काम गर्नु पर्ने बिश्लेसकहरुको अनुमान रहेको छ।  यहि एरियामा बोलिङ्गरको लोवर ब्याण्ड पनि भएकाले यस क्षेत्रलाई  महत्त्वपूर्ण मान्न सकिन्छ।  

Comments

Back to top