अभियान लघुवित्तको गैर संचालन आम्दानी बढेकाले खुद नाफा ११% ले बढ्यो!

आर्थिक बर्ष २०७९/८० को दोश्रो त्रैमासको वित्तिय विवरण अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड (AVYAN) ले प्रकाशित गरेको छ।

कम्पनीले दोश्रो त्रैमासमा रु. १.५४ करोड खुद नाफा आर्जन गरेको विवरणले देखाएको छ। अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा खुद नाफा ११.४६% ले बढी रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकाले प्रति शेयर आम्दानी भने रु.१८.२२ बाट घटेर रु.१२.३९ कायम हुन आएको छ।गैर संचालन आम्दानीमा लगानी बिक्रीबाट आम्दानी, सम्पत्ती बिक्रीबाट आम्दानी तथा अन्य आम्दानी समावेस हुने गर्द छन्। 

व्याज आम्दानी २४.९१% ले बढे पनि खुद व्याज आम्दानीमा १९% को गिरावट, कुल संचालन आम्दानीमा १४.६९% को र संचालन नाफा ७२.३७% ले घटेको थियो तथापी दोश्रो त्रैमास सम्ममा रु.१.७५ करोड गैर संचालन आम्दानी भएकोले खुद नाफा बढेको हो। 

रु. २५ करोड चुक्ता पूंजी रहेको थोक कर्जा प्रवह गर्ने लघुवित्तको जगेडा तथा कोष १२५.६१% ले वृद्धि भएर रु. ४.९७ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात १९.९१% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु. २९.९७ करोड कायम भएको छ जसले गर्दा प्रति शेयर किताबी मुल्य रु. ११४.४७ बाट बढेर रु. ११९.९१ हुन आएको छ।

अघिल्लो आ. व. को सोही अवधिमा २.७३% रहेको निष्कृय कर्जा अनुपात बढेर ३.५३% कायम हुन आएको छ। निष्कृय कर्जा अनुपात वृद्धि हुँदै जादा कर्जा नोक्सानी व्यवस्थाका कारण नाफा नोक्सान हिसाबमा प्रत्यक्ष असर पर्ने गर्दछ।

Comments

Back to top