हिन्डनबर्गले हल्लायो अडानीको सेयर साम्राज्य, १२ दिनमा सिंहासनबाट भुइँमा!

अडानी समूहको  टोटल ग्याँस स्टक २३ जनवरीमा ५२ हप्ताको उच्चमा पुगेको थियो । लगानीकर्ताका लागि चाँदी कटाई बनेको थियो । तर, जनवरी २४ मा अमेरिकी सर्ट सेलिंग फर्म हिन्डनबर्ग रिसर्चको रिपोर्टले स्टकको संसारलाई हल्लाएको छ। केवल १२ दिनको व्यापारमा, स्टक ५२–हप्ता उच्च बाट ५२–हप्ता न्यूनमा झरेको छ ।

अडानी टोटल ग्यासको कुरा गर्दा हिन्डनबर्ग रिसर्चको प्रतिवेदन आउनुभन्दा एक दिनअघि स्टक ३,९९८.३५ रुपैयाँमा पुगेको थियो, जुन ५२ हप्ताकै उच्च थियो । तर यो शुक्रबार १२५८.२५ रुपैयाँमा झरेको छ । यो ५२ हप्ताको न्यून हो । अर्थात् १२ दिनमा २ हजार ७४०.१० रुपैयाँले घटेको छ । यसको मार्केट क्याप पनि अहिले १३८,३८३.६० करोडमा घटेको छ । यस कम्पनीमा अडानी समूह र फ्रान्सेली कम्पनी टोटल एनर्जीको लगानी छ । कम्पनी प्राकृतिक ग्यास वितरणको व्यवसायमा संलग्न छ ।

हिन्डनबर्ग रिसर्च रिपोर्टले अडानी समूहले वर्षौंदेखि शेयरमा धाँधली गरेको दाबी गरेको छ । यद्यपि अडानी समूहले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । तर यो रिपोर्टले अडानी समूहलाई नराम्रोसँग हल्लाएको छ । समूहको बजार पुँजी १०० अर्ब डलरभन्दा कममा झरेको छ । गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूह गत वर्ष सेप्टेम्बरमा देशको सबैभन्दा मूल्यवान व्यापार समूह बनेको थियो । त्यसपछि यसको मार्केट क्याप २०.७४ लाख करोड अर्थात करिब २६० अर्ब डलर पुगेको थियो ।

तर, हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहको शेयरमा भारी गिरावट आएको छ । शुक्रबार तीन कम्पनीको सेयर ५२ हप्ताको न्यून बिन्दुमा झरेको छ । यसमा अडानी ग्रीन एनर्जी, अडानी ट्रान्समिशन र अडानी टोटल ग्यास समावेश छन् । तीनै स्टकले शुक्रबार लोअर सर्किट छोएका थिए ।

यसबाहेक अडानी पावरको सेयर पनि पाँच प्रतिशतले घटेको छ । समूहको अधिकांश शेयर घटेको छ। समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति यस वर्ष ६४.७ अर्ब डलरले घटेको छ । उनी धनीहरुको सूचीमा तेस्रोबाट २१ औं स्थानमा झरेका छन् ।  

Comments

Back to top