स्वावलम्बन लघुवित्तले फागुन १९ गते बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने
स्वावलम्बन लघुवित्तले फागुन १९ गते साधारणसभा आह्वान गरेको छ । सभा लैनचौर ब्यान्क्वेटमा साढे १० बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र ६.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्नेछ
प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
Comments