शुरूमै गूगलको एआई च्याटबोट बार्डले गर्‍यो गल्ती

च्याटजीपीटी लोकप्रिय भएपछि गूगलले ल्याएको बार्ड च्याटबोटले शुरूमै तथ्यगत त्रुटि गरेको छ । 

यो एआई बोट अहिले पनि परीक्षणको चरणमै छ तर यसलाई च्याटजीपीटीको प्रतिस्पर्धीको रूपमा हेरिएको छ । त्यसो त च्याटजीपीटीमा पनि आफ्नै किसिमका समस्या छन् । 

गूगलले सार्वजनिक गरेको प्रोमो भिडियोमा एक प्रयोगकर्ताले बार्डलाई जेम्स वेब टेलिस्कोपको कुन नयाँ आविष्कारका बारेमा मैले मेरो ९ वर्षीय सन्तानलाई बताउन सक्छु भनी सोधेका थिए । एआईले अनेकौं उत्तर दिएको थियो जसमा एउटा उत्तर यस्तो थियो– यस टेलिस्कोपले हाम्रो सौर्यमण्डलभन्दा बाहिरको एक ग्रहको पहिलो तस्वीर खिचेको थियो । 

पछि ग्रान्ट ट्रेम्बले नामक एक अन्तरिक्षभौतिकशास्त्रीले यो उत्तर लगत भएको ट्विटरमा लेखे । यस्तो खालको तस्वीर पहिलोपटक युरोपियन सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपले सन् २००४ मा लिएको उनले जानकारी दिए । एआई च्याटबोटहरू प्रभावशाली भए पनि कहिलेकाहीँ उनीहरूले पूरै गल्ती गर्ने गरेको पनि उनले बताए । 

Comments

Back to top