नेप्सेमा भारी अङ्कको वृद्धि, कारोबार रकम २ अर्ब ६ करोड २० लाख !

आज बिहीबार १२.४३ अङ्कले बढेर ०.५७% वृद्धिका साथ नेप्से परिसूचक २१८२.६१ अंकमा बन्द भएको छ। कारोबार भएका २५७ कम्पनीमध्ये १५२ कम्पनी उकालो लागेका छन्, ५८ कम्पनी ओरालो लागेका छन् भने  ६  कम्पनी स्थिर रहेका छ। 

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  बाराही हाईड्रोपावर रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  नबिल ब्यालेन्स्ड फण्ड  रहेको छ, जसको सेयर मूल्य ५.७५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा  अपी पावरको कारोबार भएको छ।

 

Comments

Back to top