नेप्से इन्ट्राडे अपडेट: १४ अङ्कको गिरावट!

आज नेप्से बजार १४.५९ अंकले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१५५ को नजिक आएको छ। १४.५९ अङ्कले घटेर नेप्से परिसूचक २१५५.५९ मा आएको हो। आज २ घण्टामा लगभग ७२ करोड २१ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा विजया लघुवित्त फ्लेक्स रहेको छ जसको ५.९२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  आदर्श लघुवित्त रहेको छ जसले ५.१३% गुमाएको छ।

Comments

Back to top