बजारमा करेक्सन कायमै

२१८५.४६मा ओपनिङ्ग भएको  नेप्सेमा इन्ट्राडे हाइ २१९२.८५ बन्न पुगे पनि अन्तिम दुइ घण्टामा आएको उच्च बिक्री चापका कारण नेप्सेले ८.३५ अङ्क गुमाउदै २१६८.५३को बिन्दुमा क्लोजिङ्ग दिएको छ।  होटेल तथा लाइफ इन्सुरेन्स उप समूह सकारात्मक रहे पनि बाकी सबै उप समूहमा बिक्री चाप दिखिएका कारण समग्रह  नेप्सेमा गिरावट देखिएको हो। एम.ए.सि.डिको हिस्टोग्राम नेगेटिभ (-३.०२) भएकाले बजारमा केहि दिन करेक्सन नै रहने आकलन लगाउँन सकिन्छ। आर.एस.आइ न्युट्रल जोनमा प्रवेश गर्ने क्रममा रहेको छ।  यद्यपि ए.डि लाइन +४६मा रहेको कारणले बजारमा बुलिश मुमेन्टम बलियो नै रहेको र बजारमा थोरै समय मात्र करेक्सन रहेने बिश्लेषकहरुको धारणा रहेको छ।  

करेक्सन कै क्रममा अबको सामान्य सपोर्ट २१५०को जोनलाई मान्न सकिन्छ।  त्यसपछिको सपोर्ट फिबोन्याचीको ५०%को लेभेल (२०५०)लाई लिन सकिन्छ।  

Comments

Back to top