नेप्सेमा १४ अङ्कको गिरावट, कारोबार रकम ३ अर्ब १ करोड ७० लाख!

आज आइतबार १४.६८ अङ्कले घटेर ०.६७% गिरावटका  साथ नेप्से परिसूचक २१६८.५३ अंकमा बन्द भएको छ। कारोबार भएका २६७  कम्पनीमध्ये ४८ कम्पनी उकालो लागेका छन्, १६१ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा लुम्बिनी जेनरल इन्स्योरेन्स र बाराही हाईड्रोपावर रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिभिल लघुवित्त रहेको छ, जसको सेयर मूल्य ६.०८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  आइ एम ई जनरल इन्स्योरेन्स  र भोल्यूममा हाईड्रो इलेक्ट्रीसिटी एण्ड डेभलोप्मेन्ट कम्पनीको कारोबार भएको छ।

Comments

Back to top