नेप्से इन्ट्राडे अपडेट: झिनो अङ्कको गिरावट!
आज नेप्से बजार ०.७३ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१८२ को नजिक आएको छ। ०.७३ अङ्कले घटेर नेप्से परिसूचक २१८९.४७ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ५१ करोड २३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा लुम्बिनी जेनरल इन्स्योरेन्स र बाराही हाईड्रोपावर छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गणपतीलघुवित्त रहेको छ जसले ६.६१ % गुमाएको छ।
Comments