फरवार्ड माइक्रोफाइनान्सको लाभांश सेयरधनीको खातामा जम्मा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरिएको जनाएको छ । यसको पुस ३० गते बसेको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् । त्यसपछि लाभांश पाइनेछ । 

Comments

Back to top