लाल्टिन साप्ताहिक विश्लेष्ण
गत साता १.३७%ले बढेको नेप्से यो सातामा झिनो अङ्क ४.४(0.२%)ले बढेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २१८४.७७को बिन्दुमा खुलेको नेप्से २२०३.१३ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता पछिल्लो साता भन्दा ४.४अङ्क हासिल गरेता पनि बजारले २१८३.२१मा क्लोजिङ्ग दिदा नेप्सेमा रातो स्पिनिङ्ग टप क्यान्डल बन्न गएको छ।
नेप्से उप-समुह (Sub-Index)
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साताको टप खरिद भएका कम्पनी (Top Bought)
यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)
प्राविधिक विश्लेषण
यस साताको क्लोजिंग अपर ब्याण्ड भन्दा केवल २ अंक माथि भएको छ। बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस साता जिरो भन्दा माथि +६.७८मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ ५0.२७ मा पुगेको छ जसले बजारमा खरिद बढिरहेको देखाउँछ । जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन पनि बढेर -४३.४८ आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २३.५५मा देखिन्छ जसले बजारको बुलिश मोमेन्टम बलियो नै रहेको जनाउछ। आरएसआइ ६१.२२ बाट बढेर ६१.४७ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम पनि बढेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१५०को एरिया हुन्छ र नेप्सेको अवरोध २२१५-२२२५ को एरिया रहेको देखिन्छ।
Comments