नेको इन्स्योरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै
नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज (माघ १५ गते) बस्दैछ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३ गते बुकक्लोज गरेको छ । माघ २ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments