मिड सोलु हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बाेर्डसँग माग्यो अनुमति
मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ ११ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १४ करोड ९६ लाख ६८ हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
Comments