आँधिखोला लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज शुक्रबार माघ १३ गते बस्दैछ । सभा होटल गाउँवेशीको सभाहल, वालिङ्ग, स्याङ्जामा बिहान ११ः३० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ ३ गते बुकक्लोज गरेको छ । माघ २ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments