मन्दाकिनी हाईड्रोपावरको लाभांश बैंक खातामा जम्मा
मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको हो ।
यस कम्पनीको पौष ३० गते सम्पन्न वार्षिक साधारण सभाले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश खातामा पठाइएको हो । त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन आग्रह गरेको छ ।
Comments