नेप्से इन्ट्राडे अपडेट: ५ अङ्कको वृद्धि!

आज नेप्से बजार ५.८५ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१८९ को नजिक आएको छ। ५.८५ अङ्कले बढेर नेप्से परिसूचक २१८९.४७ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब १८ करोड २६ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा  लुम्बिनी जेनरल इन्सुरेन्स छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सम्वृद्धि फाईनान्स कम्पनी  रहेको छ जसले ६.६१ % गुमाएको छ।

Comments

Back to top