नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब ८ करोड, प्रतिसेयर आम्दानी कति ?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २८.४४ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता, खुद ब्याज आम्दानी पनि ७३.९३ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा २३.८९ प्रतिशतले बढेर २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ६२ करोड ४३ लाख रुपैयाँमा सीमित थियो । बैंकको चुक्ता पुँजी ८६.४२ प्रतिशतले बढेर ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसामा छ । प्रतिसेयर नेटवर्थ १६४.९१ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ६० करोड रुपैयाँ ऋणात्मक छ ।
Comments