आरएसडिसी लघुवित्तको लाभांश खातामा जम्मा
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेकाे हो । संस्थाले कर सहित ३ प्रतिशत नगद लाभांश पठाएकाे हाे ।
हालसम्म सेयर अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन लघुवित्तले अनुरोध गरेको छ ।
Comments