नेप्सेले गर्यो तीन कम्पनीकाे सेयर काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले सगरमाथा इन्स्याेरेन्स कम्पनी, प्रभु इन्स्याेरेन्स र लुम्बिनी जनरल  इन्स्योरेन्स कम्पनीकाे सेयर काराेबार फुकुवा गरेकाे हाे । नेप्सेले यी तीन वटै कम्पनीकाे आधारभूत सेयरधनी बाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे हो । याे सँगै आज बिहीबारबाट दाेश्राे बजारमा तीन वटै कम्पनीकाे काराेबार सुरू हुनेछ ।

Comments

Back to top