नेप्सेमा करिब १० अङ्कको वृद्धि, कारोबार रकम ३ अर्ब ४६ करोड ६५ लाख!
आज बुधबार १०.३७ अङ्कले बढेर ०.४८% वृद्धिका साथ नेप्से परिसूचक २१८३.६२ अंकमा बन्द भएको छ। कारोबार भएका २६१ कम्पनीमध्ये १५९ कम्पनी उकालो लागेका छन्, ४६ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा ग्रीनलाइफ हाईड्रोपावर र आदर्श लघुवित्त रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा आरबिबि म्युचल फण्ड रहेको छ, जसको सेयर मूल्य ५.७०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नेसनल हाईड्रोपावर र भोल्यूममा लक्ष्मी इक्विटीको कारोबार भएको छ।
Comments