नेप्से इन्ट्राडे अपडेट: १६ अङ्कको वृद्धि!
आज नेप्से बजार १६.२१ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१८९ को नजिक आएको छ। १६.२१ अङ्कले बढेर नेप्से परिसूचक २१८९.४६ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ५३ करोड ७९ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा ग्रीनलाइफ हाईड्रोपावर छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मेगा म्युचल फण्ड रहेको छ जसले ३.५७% गुमाएको छ।
Comments