नेप्सेमा देखिए बुल्श आक्रमक, बन्यो आज बुलिश ह्याम्मर क्यान्डल स्टिक !!
२१३९.८९को इन्ट्राडे लो बनाएको नेप्सेमा अन्तिमको एक घण्टामा आएको खरिद चापले गर्दा नेप्से ८.१५ आंकको बढोत्तरीका साथ सूचक २१७३.२४को बिन्दु पुगेको छ। आज बनेको क्यान्डल स्टिकले फेरी २२३५को बिन्दु टेस्ट गर्न जाने आशा देखाए पनि कारोबार रकम ३ अर्ब मा सिमित रहँदा अझै मार्केट साइड वेज नै रहने हो कि भन्ने आशंका पनि रहेको छ।
बुलिश धारणा राख्नेहरुले भोलीको दिनमा बुलिश क्यान्डल स्टिक बने नेप्सेले जनावरी १०,२०२३को हाइ (२२७८को विन्दु) ब्रेक गर्नेमा विश्वस्त देखिन्छन् भने बियरिश धारणा राख्नेले बजारमा बियरिश बटर्फ़्लाइ प्याटर्न बनेको र बजार निकै तल आउने विश्लेष्ण गरेको देखिन्छ।
सामान्य हिसाबमा भने बजारमा नजिकको सपोर्ट २१३५-२१४०मा देखिन्छ भने २१०५मा बजारले २००दिन को मुभिङ्ग एभरेजलाई बलियो सपोर्ट मान्न सक्ने आँकलन लगाउन सकिन्छ।
Comments