नेशनल माइक्राेफाइनान्सकाे सेयर काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार फुकुवा गरेकाे छ । नेप्सेले संस्थालाई सचेत गराउँदै काराेबार फुकुवा गरेकाे हाे । यस लघुवित्तले काराेबार समयमै लाभांश वितरण गर्ने सूचना सार्वजनिक गरेकाे थियाे । संस्थाले लाभांश सम्बन्धी सूचना काराेबार समयमा दिएका हुनाले नेप्सेले ३ दिने स्पष्टिकरण माग्दै संस्थाकाे कारोबार रोक्का गरेको थियाे । अब आजबाट यसको सेयर कारोबार पुनः सूचारु हुनेछ । 

 

Comments

Back to top