नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच १:०.८२४५ को अनुपातमा भएको मर्जर संझौता अनुरुप कायम शेयर संख्यालाई सूचीकरण गरेको हो । शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी संलग्न संझौता बमोजिम शर्तहरु पालना गर्नुपर्ने गरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस कम्पनीलाई 'एसजेएलआइसी' संकेत प्रदान गरिएको छ । 

सूचीकरण सँगै नेप्सेले ओपनिङ प्राइस ३७१.५९ रुपैयाँ तोकेको छ । 

Comments

Back to top