नेप्सेमा करिब ८ अङ्कको वृद्धि, कारोबार रकम ३ अर्ब ३२ लाख!

आज मंगलबार ८.१४  अङ्कले बढेर ०.३८% वृद्धिका  साथ नेप्से परिसूचक २१७३.२४ अंकमा बन्द भएको छ। कारोबार भएका २४८ कम्पनीमध्ये १०९ कम्पनी उकालो लागेका छन्, ८९ कम्पनी ओरालो लागेका छन् भने १०  कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सानिमा जीआइसि  इन्सुरेन्स रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  मैलुंग खोला जलविद्युत रहेको छ, जसको सेयर मूल्य ५.४८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नेपाल दूरसंचार कम्पनी र भोल्यूममा शिवश्री हाईड्रोपावरको कारोबार भएको छ।

Comments

Back to top