मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद पुनः थप गरेको छ।  यसले पुस १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो । यस आईपीओमा माघ १० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको थियो । तर, माग बमोजिम आवेदन प्राप्त नभएकोले ५ दिन थप गरिएको कम्पनीले जनाएको छ।  आईपीओमा स्थानियले अब माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

Comments

Back to top