स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर आज माघ १० गतेबाट बिक्री खुला गरेको छ । बैंकले यसको न्यूनतम भाउ ५५५ रुपैयाँ तोकेको छ । त्यसैले सोही मूल्यलाई आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।
यसमा माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Comments