आशा लघुवित्तको १ लाख ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ७० हजार ३७५ कित्ता संस्थापक शेयर आज माघ १० गतेदेखि बिक्री खुला गरेको छ । कम्पनीले शेयरको भाउ प्रतिकित्ता ३८० रुपैयाँ तोकेको छ । यसमा माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Comments