नेप्से इन्ट्राडे अपडेट: १० अङ्कको वृद्धि!
आज नेप्से बजार १०.५५ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१८९ को नजिक आएको छ। १०.५५ अङ्कले बढेर नेप्से परिसूचक २१८९.३५ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ८२ करोड १८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सानिमा जीआइसि इन्सुरेन्सको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा हिमालयन हाईड्रोपावर योजना रहेको छ जसले ६.०२% गुमाएको छ।
Comments