कृति भेन्चर फण्डले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित बोलायो विशेष साधारण सभा
कृति भेन्चर फण्ड लिमिटेडले माघ २२ गते विशेष साधारण सभा डाकेको छ । गत माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालय, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
कृति भेन्चर फण्डले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव सहित उक्त सभा आयोजना गर्न लागेको हो । कृति भेन्चर फण्ड लिमिटेडको मुख्य लगानीकर्ता टिम भेन्चर प्रालि हो । फण्डले १:०.४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर पुस ३० गतेदेखि विक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको उक्त हकप्रद शेयर खरीदका लागि फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Comments