आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पेश हुने

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज सोमबार (माघ ९ गते) बस्दैछ । सभा होटल लि हिमालय लाजिम्पाटमा ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षकको नियुक्ति र नीजको पारीश्रमिक निर्धारण गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम कपनीको प्रबन्धपत्र र नियमावली समय सापेक्ष रुपमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो बमोजिम फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, पुस २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Comments

Back to top