हिमालयन बैंकको कस्तो छ वित्तीय अवस्था ?

हिमालयन बैंकले चालु आर्थिक वर्ष २०७९–८० को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा ९५ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । यो नाफा २८.४२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरणयोग्य नाफा ८ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ३८ करोड छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रहेको थियो । खुद ब्याज आम्दानी उल्लेख्य बृद्धि भएसँगै मुनाफा बढेको हो । हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब  रुपैयाँ भन्दा धेरै छ । जगेडा कोषमा ७ अर्ब ४२ करोड छ । कम्पनीको प्रति सेयर आम्दानी १३.६३ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा ११.४७ रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ रु १५३.६२ रहेको छ।

Comments

Back to top