माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब २ करोड, अन्य सूचक कस्तो?

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्त सम्ममा १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.९९ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ छ।

 

Comments

Back to top