नबिल बैंकको नाफा ३ अर्ब ४१ करोड

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।  त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.०६ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज पनि बढेका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिमा केही दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैया ७४ पैसा बढेर २५ रुपैयाँ ३३ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। यस बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

Comments

Back to top