एभरेष्ट बैंकको नाफा ८९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७९–८० को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसको नाफा ८३ करोड ८९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको खुद नाफा ८९.२९ प्रतिशतले वृद्धि भएको हो । बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी २ अर्ब १२ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब २६ करोड रहेको छ । खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै मुनाफा बढेको हो ।
यस बैंकको जगेडा कोषमा ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ। बैंकको निष्कृय कर्जा अनुपात ०.५५ प्रतिशत रहेको छ । त्यसैगरी बैंकको सिडि रेसियो ८६.९९ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २९.६९ रुपैयाँ रहेको छ । गत वर्षको यही अवधिमा २२.६० रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ रु २२१.३९ रहेको छ ।
Comments