साप्ताहिक विश्लेषणबाट नेप्सेको दृश्य !
गत साता 0.२५% ले बढेको नेप्से यो साता पनि १.३७% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन मंगलवार २१५२.०५ को बिन्दुमा खुलेको नेप्से २२१४.७८ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब २९.४२ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग ५.७ अंक बढेर नेप्से २१७८.८१ मा बन्द भएको छ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साताको टप कमपनिहरु-बजार पुँजीकारण(Market Capitalization)
प्राविधिक विश्लेषण
यस साताको क्लोजिंग अपर ब्याण्ड भन्दा थोरै माथि भएको छ र ब्याण्ड पनि फराकिलो हुन थालेको देखिन्छ जसले बजारमा उतारचढाव बढ्न थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल -५६.०५ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ ४९.९१ मा पुगेको छ जसले बजारमा खरिद बढिरहेको देखाउँछ। सिग्नल लाईन पनि बढेर जिरो लाईन भन्दा माथि आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २२.७०मा देखिन्छ जसले बजारको मोमेन्टम बलियो नै रहेको जनाउछ। आरएसआइ ५९.५३ बाट बढेर ६१.२२मा आएको छ जसबाट आरएसआइको मोमेन्टम पनि बढेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१००-२०९० को एरिया हुन्छ भने नेप्सेको अवरोध २२१५-२२२५ को एरिया रहेको देखिन्छ।
Comments