दोधारे नेप्से!

बुलिश रौनक फितलो हुँदै गएको नेप्सेमा आज सामान्य सुधार देखिएको छ।  २१९२.७१को इन्ट्राडे हाइ र २१६२.१४को इन्ट्राडे लो बनाएको नेप्सेले अन्तिममा ५.७१ अंकको वृद्धिसँगै २१७८.८१मा क्लोजिङ्ग  भएको हो।  

हाइड्रो उपसमूहमा झुम्मिएका लगानीकर्ता, कारोबार समयको अन्तिम एक घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक प्रति आकर्षित हुँदा नेप्सेले केही सुधार देखाएको हो।  निफ्रा नेपालकै सबै भन्दा ठुलो आइ.पि.ओ भनेर चिनिने गरेको छ जसको बजार पुँजीकरण अहिले ५४ अर्ब ६४ करोड रहेको छ।
 

कारोबार रकम तीन अर्बमा सिमित रहँदा लागनिकर्तालाई घट्दो ब्याजदरले  मात्र  उत्साहित  नबनाएको देखिन्छ। डोजी क्यान्डल बनेको नेप्सेमा लगानीकर्ताले  मौद्रिक नीतिको समिक्षा कुरिरहेको आँकलन लगाउन सकिन्छ।

Comments

Back to top