नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सूचीकृत, कतिमा खुल्दैछ कारोबार ?

साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेले यस कम्पनीको शेयरलाई ३६७.५० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको शेयरलाई ‘एसजिआईसी’ कारोबार संकेत प्रदान गरेको छ ।

Comments

Back to top