नेप्सेमा कुमारी बैंकको शेयर सूचीकृत

साविकको कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर पश्चात बनेको कुमारी बैंकको शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता शेयर सूचीकृत भएको हो । दुबै कम्पनीबीच एक आपसमा १ बराबर १ को सेयर अनुपातमा मर्ज हुने सम्झौता भएको थिए ।

कुमारी बैंकको शेयरलाई नेप्सेले १८९.५६ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा आइतबारदेखि बैंकको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई नेप्सेले ‘केविएल’ कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा बैंकको शेयर दोस्रो बजारमा किनबेच हुनेछ ।

Comments

Back to top