नेप्से इन्ट्राडे अपडेट: ०.६५ अङ्कको गिरावट!
आज नेप्से बजार ०.६५ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१७२ को नजिक आएको छ। ०.६५ अङ्कले घटेर नेप्से परिसूचक २१७२.४५ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब १८ करोड २ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा कुमारी धनवृद्धि योजना रहेको छ जसले ९.०९% गुमाएको छ।
Comments