"बुल्स मेक मनि, बियर्स मेक मनि, पिग्स गेट स्लटर्ड"
"बुल्स मेक मनि, बियर्स मेक मनि, पिग्स गेट स्लटर्ड" भनाइ पुरानो भनाइ हो जसले लगानीकर्ताहरूलाई बजारमा धेरै लोभी हुने खतराहरूबारे चेतावनी दिन्छ र विभिन्न बजार अवस्थाहरूको बारेमा सचेत हुनुको महत्त्वलाई हाइलाइट गर्दछ।
नेप्से अथवा कुनै पनि अन्तर्राष्ट्रिय शेयर बजार समान तरिकाले चल्दैन, प्राविधिक वा कुनै अरु विश्लेषण अन्तर्राष्ट्रिय बजारमा वैध भएपनि यस्ता विश्लेषणहरुको नेपालमा खासै उपयोगिता नभएको केहि नेपाली लगानीकर्ताका समूहको धारणा रहेको पाइन्छ।
विश्व बजारमा जस्तै नेपालमा पनि शेयर बजारलाई वित्तीय व्यहार, हर्ड मेंट्यालिटी, मास साइकोलोजी आदीले प्रभाव गर्छ। यस अनुसार मार्केटमा तीनथरिका सहभागीहरु हुन्छन्। बुलिश लगानीकर्ताहरू विश्वास गर्छन् कि मार्केट माथि जाने प्रवृत्ति निकट भविष्यको लागि रहिरहनेछ र यसैले उनीहरु थप स्टकहरू खरिद गरिरहने प्रवृत्ति देखाउँछन् । अर्थतन्त्रमा निराशावादी दृष्टिकोण राख्दै, बियरिश लगानीकर्ताहरूले स्टक बेच्ने प्रवृत्ति देखाउँछन्, जसले स्टकको मूल्य घटाउँछ। पिग्स प्रवृत्ति भएका लगानीकर्ताहरू हतारमा लगानी निर्णयहरू गर्छन् वा पर्याप्त अनुसन्धान नगरी स्टकहरू खरीद गर्छन् र पछि पछुताउछन्।
अन्तर्राष्ट्रिय बजारमा बियर भनेर माइकल जे बुरीलाई लिएको पाइन्छ । २००८ को हाउजिङ बबल सर्ट गरेकाले बुरी प्रख्यात भएका थिए, तर वास्तवमा उनले २००१मा इन्टरनेट स्टकहरू सर्ट गरेर पहिलो पटक ठुलो सफलता पाएका हुन्। उनले ५५ % को रिटर्न हासिल गरे जबकि एस.ए न.पी (S&P) 500 ११% तल गइरहेको थियो। त्यसपछिका दुई वर्षहरूमा उनको प्रतिफल २६% र २९% थियो। पेशाले डाक्टर बुरी, बेन्जामिन ग्रामलाई आफ्नो गुरु मान्छन र लगानी निर्णय भ्यालु इन्भेस्टमेन्टकै आधारमा गर्ने गर्छन। यद्यपि, बुरीलाई पछिल्लो समयमा 'बियर' मानसिकताले कुनै पनि ठुलो रिटर्न दिन सकेन।
नेप्सेमा पनि ठूला लगानीकर्ताहरु भनेर चिनिने कोही व्यक्तिहरुमा पनि बुल्स र बियर्स मानसिकता रहेको प्रष्ट देखिन्छ। केही प्राविधिक विश्लेषकहरुको विश्लेषणले मार्केट सधै माथि मात्र जाने देखाएको हुन्छ। दुई दिन हरियो क्यानडल स्टिक देख्ने बितिकै यिनीहरुको धर्काले नेप्से यान ६००० पार गर्दै चन्द्रमामा पुग्ने प्राविधिक विश्लेषण सामाजिक सञ्जलमा छ्याप छ्याप्ति आउछ भने बजारमा केही करेक्सन आउने बितिकै बियर्सहरुले चार्ट मार्फत मार्केट निकै मुनि आउने देखाउने मौका छोप्छन्।
वित्तीय व्यहारले संक्रामकलाई (contagion) वित्तीय बजारहरूमा उछाल र गिरावटको अन्तर्निहित संयन्त्रको रूपमा पहिचान गरेको छ, जहाँ अफवाहहरू, नाफाका अपेक्षाहरू, व्यापारका नियमहरू इत्यादि, सामाजिक अन्तरक्रियाहरू मार्फत प्रसारित हुने गर्दछन्।
सामाजिक संजालमा आउने यस्ता चार्टहरुले शेयर बजारको पूर्ण ज्ञान नभएको लगानीकर्ता र पिग्स मानसिकता भएकाहरुलाई घाटा निम्त्याउने गर्दछ।
Comments