यूनियन लाइफले साधारण सभा माघ २६ गते, के के छन् एजेण्डा ?

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २६ गते साधारण सभा डाकेको छ । कम्पनीले सभा टाइगर प्यालेस, भैरहवामा बिहान साढे १० बजे शुरु गर्दैछ । सभाले हाल कायम चुक्ता पूँजीको ८.९७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले संस्थापक समूह र सर्वसाधारण समूहको शेयर अनुपात ७०ः३० बाट परिणत गरी ५१ः४९ कायम गर्ने, यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा भएको सम्झौतापत्र, शेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको डिडिए गर्न लेखापरीक्षक नियुक्त गर्ने सम्बन्धि सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यसैले, माघ १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । मर्जरका कारण हाल यस इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ।

Comments

Back to top