नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । बुधबार मेगा बैंक, रुरु जलविद्युत परियोजना र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचीकृत भएको हो ।

रुरुको १० प्रतिशतले बोनस अर्थात, ४ लाख ४८ हजार ४ सय ७६.०५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, मेगा बैंकको ४ प्रतिशतले हुन आउने ६८ लाख ४८ हजार १८४.५८ कित्ता बोनस शेयर र गुराँस लाइफ इन्स्योरेन्सको ७.४४२ प्रतिशतले हुन आउने १५ लाख ५१ हजार २ सय कित्ता बोनस शेयर सुचीकृत भएको हो ।

डिम्याट खातामा आएपछि लगानीकर्ताले उक्त बोनस शेयर खरिद बिक्री गर्न सक्नेछन् ।

Comments

Back to top