नेप्सेमा करिब ९ अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब ९२ करोड ८७ लाख!
आज बुधबार ९ अङ्कले घटेर ०.४१% गिरावटका साथ नेप्से परिसूचक २१७३.१० अंकमा बन्द भएको छ। कारोबार भएका २४८ कम्पनीमध्ये ८० कम्पनी उकालो लागेका छन्, १२१ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा पिपल्स हाईड्रोपावर रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएका छ। सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिंग रहेको छ, जसको सेयर मूल्य ७.८९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा रिडी पवर र भोल्युममा अपी पावर कम्पनीको कारोबार भएको छ।
Comments