नेप्से इन्ट्राडे अपडेट: १८ अङ्कको वृद्धि!
आज नेप्से बजार १८.५४ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २२०० को नजिक आएको छ। १८.५४ अङ्कले बढेर नेप्से परिसूचक २२००.६५ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ५९ करोड १९ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा पिपल्स हाईड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मिथिला लघुवित्त रहेको छ जसले ५.२७% गुमाएको छ।
Comments